नक्कली ७ जना डाक्टर प्रहरीको फन्दा

६ वैशाख, काठमाडौं । एस.एल.सी.को प्रमाणपत्र किर्ते गर्ने डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बंगलादेशमा एम.बि.बि.एस. अध्ययन गर्न जानको निमित्त एस.एल.सि.को मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्ममिति, प्राप्ताङ्क लगायतका विवरणहरु सच्याई सोही किर्ते मार्कसिटको आधारमा बंगलादेशमा एम.बि.बि.एस अध्ययनको लागी नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्विकृती लिएका र हाल विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा न्यूरो हस्पिटल बिराटनगरमा कार्यरत मोहमद सिद्दिक, जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा कार्यरत सुभाष प्रसाद साह, दिर्घायू गुरु हस्पिटल चावहिलमा कार्यरत मोहम्मद शाहिद राजा, चौरझारी मिसन हस्पिटल पश्चिम रुकुममा कार्यरत दिपेन्द्र गौतम, मोरङबाट अखिलेश कुमार देव, भक्तपुरबाट पल्लवी सिंह र ललितपुरबाट फराज हुसेन खाँ पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल बहादुर थापाले जानकारी दिए ।

उनीहरु सँगै नक्कली प्रमाणपत्र बनाउन सघाउने बागबजारस्थित ज्योतिदिप इन्टरनेशनल कन्सलटेन्सीका सञ्चालक अरुण चौधरीलाई पनि प्रक्राउ गरिएको उनले बताए । प्रक्राउ परेकाहरुलाई सरकारी छाप किर्ते कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख थापाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top