प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान आयोजना

प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान आयोजना

७ बैशाख, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति हस्तान्तरण गरेका छन् ।

राम–सीताका मूर्ति हस्तान्तरण गर्न प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान आयोजना गरिएको थियो । प्रधानमन्त्री ओलीले मूर्तिहरु स्वस्तीवाचनसहित हस्तान्तरण गरेका हुन ।

राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर चितवनको अयोध्याधाममा स्थापना गर्ने तयारी भएको छ ।

पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा भोलि अनावरण गर्न लागिएको हो । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको धार्मिक र्यालीसहित सीता–रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.