एनआरएनले नेपालमा १० अर्बको सामूहिक लगानी गर्ने

७ वैशाख, काठमाडौँ । गैर आवासीय नेपाली संघले १० अर्ब लगानी भित्र्याउने अठोटका साथ ‘एन.आर.एन. नेपाल डेभलपमेन्ट फण्ड’को स्थापना गरेको छ ।

संघको प्रयास र नेपाल सरकार अर्थ मन्त्रालयको समन्वयमा २०७७ चैत ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘एन.आर.एन. नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड’ दर्ता भइसकेको छ । यो कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ रहेको छ । जसमा नेपाल सरकारले ५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्नेछ ।

यस्तै ३ अर्बको वैदेशिक मुद्रामा लगानीको प्रतिवद्धता समेत प्राप्त भइसकेको संघले जनाएको छ । फण्डबारे जानकारी दिने उद्देश्यले सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले गैर आवासीय नेपालीहरुको बीचको पूँजीलाई नेपालमा भित्र्याई उत्पादन मुलक र रोजगारी मुलक क्षेत्रका आयोजनामा लगानी हुने विश्वास व्यक्त गरे ।

Advertisement

अर्थमन्त्री पौडेलले गैर आवासीय नेपालीहरुको पूँजी मात्रै भित्र्याउने मात्रै भन्दा पनि वैदेशिक लगानी भित्र्याउनका लागि लगानी दुत भएर काम गर्न सुझाव दिए ।

यसरी लगानी भित्र्याउँदा कालोधन हुन नहुने, बैंकिङ प्रणाली मार्फत मात्रै रकम ल्याउन र राष्ट्रिय प्राथमिकताका आयोजनामा लगानी गर्ने गरी ल्याउने तर्फ ध्यान दिन पनि आग्रह गरे । वैदेशिक लगानी भित्रिने सुनिश्चित भए सरकारले अनुकुल वातावरण निर्माण गरिदिने प्रतिवद्धता पनि अर्थमन्त्री पौडेलले व्यक्त गरे ।

Advertisement

कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपालीले व्यक्तिगत रुपमा धेरै अगाडि देखि लगानी गर्दै आएको भएपनि सन २०१२ देखि सामुहिक रुपमा लागनी भित्र्याउन शुरु गरेको बताए । अहिले पनि १० अर्ब रुपैयाँ सामुहिक लगानी गरी देशको विकास पूर्वाधारहरुमा लगानी गर्ने योजना अनुसार काम शुरु गरिएको बताए ।

केही वर्ष भित्रमा यो फण्डलाई बढाएर ५० अर्ब भन्दा माथि पु¥याउने प्रतिवद्धता समेत व्यक्त गरे । गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले १० अर्ब रुपैयाँबाट शुरु भएको फण्डलाई १ खर्ब पु¥याउने योजना रहेको पनि बताए । सो फण्ड मार्फत पूँजी र प्रविधि मात्रै भित्रिने नभई कर्पोरेट कल्चर, गुड गभर्नेन्स र ट्रान्सफरेन्सी पनि भित्रिने बताए । त्यसका लागि नेपाल सरकारको साथ र सहयोग आवश्यक रकेको पनि बताए ।

एन.आर.एन. नेपाल डेभलपमेन्ट फण्डले नेपालको उद्यम, व्यवसाय, यातायात, पूर्वाधार, पर्यटन, कृषि, उर्जा लगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्य राखेको छ । कोष निर्माणका लागि गैर आवासीय नेपालीलाई लक्षित गरी प्राथमिक शेयर (आई.पी.ओ.) निष्काशन गरिनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top