अख्तियारलाई स्टिङ अपरेशन नगर्न सर्वोच्चको आदेश

Share this
770shares

८ बैशाख, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब स्टिङ अपरेसन गर्न नपाउने भएको छ।

Advertisement

सर्वोच्च अदालतले बुधबार स्टिङ अपरेसनबारे परेको रिटमा निवेदकले माग गरेबमोजिम आदेश गरेको हो ।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले दिएको निवेदनमा अख्तियारको स्टिङ अपरेसन खारेज गर्न माग गरिएको थियो ।

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले बुधबार यस्तो आदेश गरेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए ।

‘निवेदनकले माग गरेबमोजिमको फैसला आएको छ, फैसलाको पूर्णपाठ आइनसकेकाले यससम्बन्धी सबै जानकारी दिन सकिएन,’ उनले भने।

Advertisement

अख्तियारले यस्तो ‘स्टिङ अपरेसन’ आफ्नो नियमावलीका आधारमा गरिरहेको थियो।

उक्त नियमावलीको नियम ३० मा घुस÷रिसवतवापत रकम उपलब्ध गराउन सक्ने प्रावधान छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top