इजिप्टलाई ३-१ ले हराउँदै रुस अघिल्लो चरणमा प्रवेश

विराटनगर ः विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको आयोजक रसियाले बुधबार बिहान सम्पन्न समूह ए को आफ्नो दोस्रो खेलमो इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको छ ।

विश्वकपको उद्घाटन खेलमा साउदी अरबलाई ५–० को फरक अन्तरले हराएको रसियाले बलियो मानिएको इजिप्टलाई पनि सेन्ट पिटर्सबर्ग स्टेडियममा सजिलै हराउँदै अन्तिम १६ को स्थान पक्का गरेको हो ।

घाइते भएर मैदान बाहिर रहेका प्रमुख स्ट्राइकर मोहम्मद सलाले पुनरागमन गरेको खेलमा रसिया नै हाबी भएको हो ।
पहिलो हाफ गोलरहित बराबरी रहेको अवस्थामा रसियाका लागि दोस्रो हाफको सुरुमै इजिप्टका अहमेद फाथीले आत्मघाती गोल उपहार दिए ।

Advertisement

अग्रता बनाएपछि रसियाले खेलमा दबाब बढायो । उसका लागि खेलको ५९ औँ मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै अग्रता २–० मा पुर्याउन सफल भए । इजिप्टविरुद्ध रसियाले ४८ वर्षपछि यो जित दर्ता गराएको हो ।

दोस्रो गोल गरेको ३ मिनेट भित्रै रसियाका लागि एर्टेम ज्युबाले गोल गरेपछि रसिया ३–० ले अघि बढ्यो । ३ गोलको अग्रतासँगै रसियाले खेलमा पकड बनाएका बेला ७३ औँ मिनेटमा इजिप्टले पेनाल्टी पायो ।

Advertisement

पेनाल्टीलाई प्रहार गर्दै सलाहले इजिप्टलाई खेलमा फर्काउने प्रयास गरे । तर रसियाले २ गोलको अग्रता बनाइसकेकाले इजिप्ट खेलमा फर्किनै सकेन ।

अर्कातिर रुसले विश्व कपको सुरुवाती दुई खेलमा ८ गोल गरेर नयाँ रेकर्ड बनाएको छ। सन् १९३४ मा इाटलीले पनि दुवै खेलमा ८ गोल गरेको थियो ।

यो जितपछि रसिया समूह ए मा ६ अंकसहित शीर्ष स्थानमा छ । एक खेलेको उरुग्वे ३ अंकसहित दोस्रो स्थानमा छ । रसियासँग हारेपछि इजिप्टको भने दोस्रो चरणको सम्भावना करिब सकिएको छ । रूस र इजिप्ट विश्व कपमा पहिलो पटक आमने–सामने भएका हुन् ।

विश्वकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा सेनेगलले विजयी सुरुवात गरेको छ । समूह ‘एच’ को खेलमा अफ्रिकी टोली सेनेगलले युरोपेली टोली पोल्यान्डलाई २–१ गोलले स्तब्ध बनाएको हो ।

जापानद्वारा कोलम्बिया पराजित, सान्चेजले पाए रातोकार्ड

कोलम्बियाको दश सदस्यीय टोलीलाई पराजित गर्दै विश्वकप फुटबल प्रतियोगितामा जापानले पहिलो जित हात पारेको छ ।

मंगलबार भएकेा खेलमा कोलम्बियाका खेलाडी कार्लोस सान्चेजले रातो कार्ड पाएपछि दशमा सीमित भएको कोलम्बीयाली टोलीसँग जापान २–१ गोल अन्तरले विजयी भएको हो ।

कोलम्बियाका मिडिफिल्डर सान्चेजले जापानविरुद्धको खेलको तेस्रो मिनेटमा नै रेड कार्ड पाएका हुन् । उनले पाएको यो रातोकार्ड २१औँ संस्करणको विश्वकपमा प्रयोग भएको पहिलो रातो कार्ड हो ।

सान्चेजले डिबक्सभित्र ह्यान्ड गरेपछि उनी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए भने जापानले पेनाल्टी पायो । त्यही पेनाल्टीलाई शिन्जी कागावाले गोलमा परिणत गर्दै जापानलाई अग्रता दिलाए ।

खेलको ३९औँ मिनेटमा कोलम्बियाले पाएको फ्रिकिकलाई जुवान क्वीन्टेरोले गोलमा परिणत गर्दै खेल बराबरीमा पु¥याए । त्यसपछि दबाबमा परेको जापान पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको थियो । ७३औँ मिनेटमा जापानले फेरी अग्रता लियो । युया ओशाकेले काइसुके होन्डाको कर्नरलाई गोलमा परिणत गरेका थिए ।

पछिल्लो पटक सन् २०१४ को विश्वकपको समूह चरणमा कोलम्बियाले जापानलाई ४–१ ले हराएको थियो ।

रुस विश्वकपको खेलबाट जापानले अघिल्लो विश्वकपमा कोलम्बियासँग भोगेको हारको बदलासमेत लिएको छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top