×

NEPAL TIMES UPDATES

Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026

कोरोनाबाट बच्न स्वास्थ्य मापदण्डसहितका सबै नियम पालना नगरे कारबाही

९ बैशाख २०७८

९ वैशाख, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्डसहितका सबै नियम पालना गर्न सरकारले अनुरोध गरेको छ । सरकारले जारी गरेको आदेश पालना नगरे कारबाही हुने गृह मन्त्रालयले सचेत पनि गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले कोरोनाको सङ्क्रमण डरलाग्दो रूपमा बढ्न थालेकाले सरकारले जारी गरेका नियम र मापदण्ड पालना गर्नु सबैको दायित्व भएको बताए ।

Advertisement

घरबाहिर निस्कँदा मास्क लगाउने, विवाह, भोजभतेर र सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, सार्वजनिक ठाउँमा क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगायतका नियम पालना नगरे कारबाही हुने उनको भनाइ छ ।

उनले इमानदारपूर्वक नियम पालना गर्नु सबै नागरिकको कर्तव्य भएको भन्दै उल्लङ्घन गरेमा कारबाही हुने बताए । नियम कडाइका साथ पालना गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको पनि प्रवक्ता दाहालले जानकारी दिए ।

सरकारले कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेका काठमाण्डौ उपत्यका, पोखरा, विराटनगर, भरतपुर, नेपालगञ्ज लगायत सहरी क्षेत्रका विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालनको निर्णय गरिसकेको छ ।

यस्तै सिनेमा हल, दोहोरी साँझ, हेल्थ क्लब, जिमखाना, फुटसल, स्विमिङ पुलसहित मानिसको भिडभाड धेरै हुने ठाउँ पनि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

साथै मेला, महोत्सव, जात्रा, पर्व, विवाह, मृत्यु संस्कार लगायतका कार्यमा बढीमा २५ जना मात्रै सहभागी हुन पाइनेछ । सभा, सम्मेलन, तालिम, गोष्ठी लगायतका क्रियाकलाप अनलाइन माध्यमबाट गर्नुपर्नेछ ।

होटल तथा रेस्टुरेन्ट बिहान आठ देखि राति आठ बजेसम्म मात्रै खोल्न पाइनेछ । सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्यानिटाइजर राख्नुपर्ने र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने नियम छ ।

लामो दूरीमा चल्ने गाडीले सिधै गन्तव्यको लागि मात्रै यात्रु चढाउन पाउनेछन्, बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् । उनीहरूले गाडीमा यात्रुको जानकारी जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ ।

Advertisement

तर यी नियम कार्यान्वयन नभएको गुनासो बढेपछि सरकारले अनिवार्य नियम पालना गर्न अनुरोध गर्दै उल्लङ्घन गरेमा कारबाही गर्ने चेतावनी दिएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top