×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बैंकमा अधिक तरलता स्थिर

९ बैशाख २०७८

९ बैशाख, काठमाडौ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र बन्दै जाँदा त्यसको असर वित्तीय प्रणालीमा पनि देखिन थालेको छ ।

बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह घटिनसके पनि नयाँ कर्जाको माग प्रभावित हुन थालेको बैंकरहरूले बताएका छन ।

Advertisement

लगानीकर्ताले दोस्रो लहरको कोरोना संक्रमणको प्रभाव आँकलन गरेर बसेकाले उत्साहित रूपमा नयाँ कर्जा माग नआएको उनीहरूको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार गत वैशाख २ मा अन्तर बैंक दर यो वर्षकै उच्च ४.६० प्रतिशत पुगेको थियो । चैत मसान्तमा राजस्वबापत ठूलो रकम सरकारी खातामा गएकाले बैंकमा तरलता कमी भई अन्तर बैंक दर बढेको हो ।

सोमबार अन्तर बैंक दर घटेर ३.७८ प्रतिशत कायम भएको छ । गत आइतबार र सोमबार एक्कासि सरकारी खर्च बढेकाले अन्तर बैक दर घटेको हो ।

अघिल्ला दिनमा दैनिक १ अर्बदेखि ३ अर्ब रुपैयाँसम्म सरकारी खर्च (चालु खर्च) हुँदै आएकामा आइतबार ६ अर्ब ७९ करोड र सोमबार ८ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ ।

यही साता मात्र राष्ट्र बैंकले बजारबाट ३ अर्ब ८० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा खरिद गरेको छ । उल्लिखित माध्यमबाट बजारमा मुद्रा आपूर्ति भएपछि तरलता सामान्य भएकाले अन्तर बैंक दर पनि घटेको जानकारहरू बताउँछन् ।

Advertisement

राष्ट्र बैंकका अनुसार सोमबारसम्म वित्तीय प्रणालीमा करिब ४४ अर्ब रुपैयाँ अधिक तरलता छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top