×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

प्रचण्ड–माधव पक्षले पटक पटक टाउकामा हाने: ओली

९ बैशाख २०७८

९ वैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन आफूले गरिरहेको संवादको प्रयासलाई कमजोरी नठान्न माधवकुमार नेपाल पक्षलाई चेतावनी दिएका छन् ।

पार्टीको ७३ औं स्थापना दिवस एवं लेनिन जयन्तीको अवसर पारेर बल्खुमा आयोजना गरिएको पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेको गुटगत गतिविधिलाई मान्यता दिन नसकिने र नेताहरुलाई सम्झाउन बुझाउन आफूले गरिरहेको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिएका हुन् ।

Advertisement
Advertisement

उनले भने ‘सकेसम्म साथिहरुलाई, हरेकलाई हामी गल्ति महसुस गर, अराजकता छोड, अनुशासित भएर पार्टीमा आएर काम गर, त्यो अवसर अहिले पनि दिन चाहिरहेका छौं, अहिले पनि हामी कुरा गरिरहेका छौं । तर यसलाई यदि कसैले कमजोरी ठान्यो भने, यदि कसैले अब पार्टीलाई फेरी बिथोल्न सकिन्छ बिथोल्ने मनसायले व्यवहार गर्न खोज्छ भने अथवा समूहगत रुपमा गुटको प्रतिनिधित्व गर्दै कसैले कुरा गर्न खोज्छ भने त्यो कुरा सम्भव छैन ।’

कुनैबेला आफ्नो पक्षलाई सडकबाट हटाउनेहरुले अहिले अर्को पार्टी ओलेर हिन्दापनि आफूले कारबाही नगरेर सम्झाईबुझाई गर्ने प्रयास गरिरहेको पनि अध्यक्ष ओलीले बताए ।

उनले भने ‘उनीहरुले सडकबाट हामीलाई विभिन्न ढङ्गले कारबाही गरेर निकाल्यौं, हटायौं भनेर तमासा गरेका हुन, नगरा पिटाएका हुन । हाम्रा विरुद्ध हामी आन्दोलनबाट पाखा लगायौं भनेर हाम्रा विरुद्ध भएको छ । तर यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभरी खोलेर हिन्दा पनि अहिले सम्म हामी कारबाही नगरेर सम्झाईबुझाई गर्ने प्रयास गरिराखेका छौं । अहिले पनि हाम्रो प्रयास सम्झाईबुझाई गर्नेमा छ । अहिले पनि हाम्रो प्रयास सम्झाउनेमा छ सच्चाउनेमा छ । अहिले पनि हाम्रो प्रयास भरसक पार्टीमा क्षति नहोस भन्ने कुरामा छ ।’

पार्टीमा अराजकता निम्त्याउन नपाइने पनि अध्यक्ष ओलीले प्रष्ट पारे । अनुशासन हिनतासँग आफूले कहिल्यै सम्झौता गर्न नसक्ने पनि ओलीले बताए ।

अनुशासनहिनता, अराजकता, पार्टी विरोधी गतिविधि, गुटगट गतिविधिलाई अब कुनैपनि हालतमा मान्यता दिन नसकिने बताए यदि कुनै व्यक्ति व्यक्तिगत तवरमा कुराकानी गर्न सक्ने, जिम्मेवारी लिन सक्ने तर पार्टी भित्र गुट बनाएर भागवण्डा नचल्ने बताए ।

उनले भने ‘पार्टी जे पनि गर्न पाइने अराजकता पनि हुने, अनुशासन हिनता पनि चल्ने, यस्तो खालको ठाउँ चाहिं होइन । पार्टी अनुशासित बनाउनुपर्छ हामीले अनुशासनहिनतासँग हामी सम्झौता गर्न सक्दैनौं । अराजकतासँग हामी सम्झौता गर्न सक्दैनौं । हामी अनुशासन हिनता, अराजकता, पार्टी विरोधी गतिविधि, गुटगत गतिविधिलाई अब कुनैपनि हालतमा मान्यता दिन सक्दैनौं । त्यसकारण मैले भनेको छु व्यक्तिगत तवरमा कुराकानी हुन सक्छ व्यक्तिगत तवरमा कुरा गर्ने, व्यक्तिगत कुरामा सच्याउने, व्यक्तिगत तवरमा जिम्मेवारी दिने कुरा हुन सक्छ । समूहगत रुपमा पार्टीभित्र गुट बनाउने, अनि मेरो गुटको यति भाग भन्ने यस्ता भागवण्डाहरु अब उपरान्त पार्टीमा चल्दैन ।’

कुनैबेला आफूलाई कारबाही गर्नेहरुबाट अहिले संसदमा फ्लोर क्रस गर्ने काम भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो किसिमको अराजक गतिविधि नेपालको संसदीय इतिहासमा कहिल्यै नभएको पनि बताए । संसदमा फ्लोर क्रस गरेर कम्युनिष्ट पार्टीलाई सिध्यायौं भनेर गर्व गर्नेहरुसँग आफूहरु जुधिरहेको पनि बताए ।

उनले भने ‘पार्टीकै नाउँमा पार्टी भित्रबाट कहिं फ्लोर क्रस गर्ने नेपालको संसदीय आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संसदीय इतिहासमा यति सारो अराजक, यस्तो दृस्य कहिं कहिल्यै पनि देखिएको छैन । बरु अलग भएका छन् । पार्टी भित्रै बस्ने अनुशासन हिन काम गर्ने, फ्लोर क्रस गर्ने र गर्व गर्ने त्यसमा पनि, फ्लोर क्रस गरेर कम्युनिष्ट पार्टीलाई कमजोर पारेकोमा गर्व गर्ने यस प्रकारका प्रवृतिहरु हामीले देखेका छौं । यस्ता प्रवृतिहरुका विरुद्ध हामी जुधिरहेका छौं र हाम्रो पार्टी मजवुद छ । हाम्रो पार्टीले, हामीले प्रतिनिधि सभा विघटन गरेका थियौं परिस्थिति बस प्रतिनिधि सभा पुनस्थापना भएको छ । केही छैन त्यसमा हामीलाई पार्टी विहिन बनाउने अवस्थामा लान खोजिएको थियो त्यसलाई हामीले असफल पारेका छौं । आन्दोलन फेरी हामी सफलता पूर्वक अगाडि बढेका छौं । जितका साथ अगाडि बढेका छौं । अगाडि बढ्ने छौं । म कमरेडहरुलाई विश्वास दिलाउन चाहन्छु । कुनै प्रकारले पनि निराश हुनुपर्ने अवस्था छैन ।’

प्रचण्ड–माधव पक्षले कम्युनिष्ट आन्दोलन सिध्याउन टाउको मै हान्नुपर्छ भनेर आफूलाई पटकपटक साधारण सदस्यबाट निकालेको कुरा पनि अध्यक्ष ओलीले बताए । आफूलाई पार्टी विहीन अवस्थामा पु¥याउने उनीहरुको प्रयास असफल भएको पनि बताए ।

Advertisement

उनले भने ‘म ५६ वर्ष अगाडि देखि कम्युनिष्ट आन्दोलनमा लागेको छु । ५० वर्ष अगाडि एउटा नयाँ आन्दोलन शुरु गरेर जतिबेला आन्दोलन विभाजित थियो त्यस बेलादेखि लागेको छु । तर म माथिबाट हमला शुरु भयो । मलाई हमला पनि यस्तो भयो की साधारण सदस्यताबाट पनि निष्काशन गर्ने । दलको नेताबाट हटाउनु एउटा कुरा थियो, अध्यक्षबाट हटाउनु एउटा कुरा थियो तर साधारण सदस्य पनि नरहने गरी उद्घोस थियो केपी ओलीलाई सिध्याइयो । केपी ओलीलाई समाप्त पारियो । पत्तासाफ गरियो, भित्तामा टसाईदिन्छु, भित्तामा टसाएँ, धुलोमा मिलाईदिन्छु, धुलोमा मिलाएँ आदि । म माथि किन त्यस्तो आक्रमण थियो भन्दा टाउकोमा हान्ने हो भने शरिर सग्लै भएपनि टाउकोमा हान्दियो भने त रन्थनिने भयो नी । अथवा ढल्ने भयो नी । त्यही टाउकोमा हान्ने नीति उनीहरुको रह्यो ।’

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top