शेरधन राईलाई ‘मुख छाड्दै’ एमाले मुख्यालय पुगेकी बालिका खड्का पक्राउ

९ वैशाख, काठमाडौँ । एमालेको नयाँ पार्टी कार्यालय थापाथलीबाट प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई मुख छाड्दै पुगेकी बालिका खड्का पक्राउ परेकी छिन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गालीगलौज गर्दै पार्टी कार्यालय पुगेकी उनलाई प्रहरीले पक्राउ गरेको हो।

बिहीबार थापाथली सरेको पार्टी कार्यालयमा खड्का पुगेकी थिइन्।

Advertisement

खड्कालाई पार्टी कार्यालय परिसरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

खड्कालाई अहिले सिंहदरबार वृत्तमा राखिएको छ।

Advertisement

मुख्यमन्त्री राई र खड्काबीच लामो समयदेखि विवाद छ । खड्काले राईलाई यौनशोषण गरेको आरोप लगाउँदै आएकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top