लाजियोमाथि नापोलीको फराकिलो जित

९ बैशाख ७८, शुक्रबार

१० बैशाख, काठमाडौ । नापोलीले इटालियन सिरी ‘ए’ मा सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा नापोलीले लाजियोलाई ५–२ले पराजित गरेको हो ।

खेलको सातौं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए ।

Advertisement

१२औं मिनेटमा माटियो पोलिटानोले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे ।

५३औं मिनेटमा इन्सिग्नेले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपोली ३–०ले अघि बढ्यो । ६५औं मिनेटमा ड्रिएस मेर्टिन्सले गोल गर्दै नेपोलीलाई सहज जिततर्फ अग्रसर गराए ।

Advertisement

त्यसपछि ७०औं मिनेटमा सिरो इमोविल र ७४औं मिनेटमा सेर्गेज मिलिन्कोभिक साभिकले गोल गर्दै लाजियोलाई खेलमा फर्काउने संकेत गरेपनि ८०औं मिनेटमा ओसिमहेनले गोल गर्दै नेपोलीलाई ५–२ को फराकिलो जित दिलाए ।

जितसँगै लिगको पाँचौं स्थानमा रहेको नापोलीले ३२ खेलमा ६३ अंक जोडेको छ । पराजित लाजियो ५८ अंक जोडेर छैटौं स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top