हात्तीलाई साङ्लो मुक्त गर्ने अभियान असफल

५ असार ७५, बुधबार

चितवन, असार ६
चार वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको हात्तीलाई साङ्लो मुक्त बनाउने अभियान असफल भएको छ ।

‘इलाफेन्ट एड’ नामक विदेशी दातृसंस्थाको सहयोगमा ठूलो रकम खर्च गरी निकुञ्जले हात्ती राखेको हात्ती प्रजनन केन्द्र खोरसोर, सौराहा, कसरा, लामिचौर, बेलशहर, खोरीयामुहानलगायतका ठाउँमा विद्युतीय तारबार गरी हात्तीलाई साङ्लो मुक्त बनाएको थियो ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जंगली हात्ती मत्ता भएपछि पोथी हात्ती खोज्दै आउने र त्यसले तारबार ढालेर भित्र छिर्ने गरेकाले यो अभियान सफल नभएको बताए ।

Advertisement

तत्कालीन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले उच्चस्तरको प्रविधिको अभाब, जंगली हात्तीको समस्या, मर्मत संभारका लागि बजेटको अभाब र कर्मचारीलाई यो प्रविधिका बारेमा बुझाउन नसकेका कारण हात्तीलाई साङ्लो मुक्त गर्ने कार्यक्रम असफल भएको हो भने ।

निकुञ्जमा ५७ वटा हात्ती छन् । ती हात्तीलाई खुट्टामा साङ्लोले बाँधेर राख्ने गरिन्छ । जनावरको अधिकारका क्षेत्रमा वकालत गर्ने संघसंस्थाले हात्तीलाई साङ्लोले बाँधेर राख्न नहुने जनाउँदै आएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top