आजदेखि भीमफेदी–कुलेखानी सडक डेढ महिनाका लागि बन्द

१० बैशाख ७८, शुक्रबार
Share this
726shares

१० वैशाख, हेटौँडा । हेटौँडा–काठमाडौँ छोटो दूरीको मार्ग अन्तर्गत भीमफेदी–कुलेखानी सडक डेढ महिनाका लागि बन्द गरिएको छ ।

Advertisement

सडक पिच गर्नका लागि आजदेखि जेठ २५ गतेसम्मका लागि छोटो दूरीको मार्ग बन्द गरिएको हो ।

भीमफेदी–कुलेखानीको सडक फराकिलो पार्ने काम सकेर अहिले भने स्लाब ढलान र पिच गर्ने काम गर्न लागिएको छ । सडकका धेरै ठाउँमा यसअघिनै स्लाब ढलान गरिसकिएको छ ।

Advertisement

वाग्मती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयले यसअघि दुई महिनासम्म सडक बन्द गरेर मोड र अप्ठ्यारो ठाउँमा स्लाब ढलान गरिएको जानकारी दिएको छ ।

अब पिच गर्ने काम मात्र बाँकी रहेको निर्देशनालय हेटौँडाका निर्देशक डाक्टर सहदेवबहादुर भण्डारीले बताए । यस सडकको ८० प्रतिशतको काम सकिएको छ ।

Advertisement

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि १६ करोड रुपैयाँ गरी ३४ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

यस्तै, भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाण्डौको दक्षिणकाली जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top