×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काभ्रेमा कांग्रेसको दोब्बर क्रियाशील सदस्य

१० बैशाख २०७८

१० वैशाख, काठमाडौँ । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ।

यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर क्रियाशील सदस्य बनाएको जनाइएको छ।

Advertisement
Advertisement

पार्टीको आसन्न १४औँ महाधिवेशनलक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि सदस्यता अभियानमार्फत सदस्यता दोब्बर पु¥याइएको काभ्रे कांग्रेसले जनाएको हो।

जिल्लामा नवीकरण र नयाँ सदस्यता गरी सङ्ख्या २० हजार पु¥याउने लक्ष्यसहित सदस्यता अभियान सञ्चालन गरिएको जिल्ला कार्यसमिति सचिव दिनेश लामाले बताए।

‘अहिले काभ्रे कांग्रेसमा २० हजार क्रियाशील सदस्य भइसक्नुभएको छ, तोकिएको समयसीमाभित्र केन्द्रीय कार्यालयमा पठाउनेछौँ’ उनले भने।

लामाले १३औँ महाधिवेशनका बेला जिल्लामा भएका १० हजार क्रियाशील सदस्यमध्ये ९५ प्रतिशतले नवीकरण गरेको जानकारी दिए।

उनकाअनुसार नयाँ क्रियाशील सदस्यता थप भइरहेको छ। कोरोना सङ्क्रमणका कारण रोकिएको सदस्यता अभियान काभ्रेमा गत वर्ष पुसदेखि पुनः शुरु गरिएको थियो।

हालसम्म नवीकरण भएका सात हजार ७०० सदस्य र पाँच हजार ४०० नयाँ सदस्यको ‘कम्प्युटर इन्ट्री’ भइसकेको जिल्ला कार्यालय सचिव विनोद तिमल्सिनाले बताए।

केन्द्रीय तथा जिल्ला नेताको उपस्थितिमा भेलामार्फत समेत स्थानीयस्तरमा नवीकरण तथा नयाँ सदस्यताको अभियान सञ्चालन गरिएको थियो।

नवीकरण र नयाँ सदस्यता गरी २० हजारभन्दा बढी भइसकेको उल्लेख गर्दै तिमल्सिनाले कम्प्युटर इन्ट्रीको काम भइरहेको बताए।

केन्द्रीय कार्यालयले जिल्ला कार्यसमितिले पार्टी केन्द्रीय कार्यालयमा नयाँ क्रियाशील सदस्यता र नवीकरण सूची पठाउने समयावधि पटकपटक थप्दै आएअनुसार पछिल्लोपटक यही वैशाख १५ गतेसम्म निर्धारण गरेको छ।

थपिएको यस अवधि अन्तिम रहेको जनाइएको छ। यसअघि सदस्यता बिस्तारको कार्यतालिकाअनुसार गत चैत ३० गतेसम्म तोकिएको थियो।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार उक्त अवधिसम्म नवीकरण र नयाँ गरी छ लाख १० हजार १३४ त्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ।

नेपालस्थित उक्त क्रियाशील सङ्ख्यामध्ये नयाँ दुई लाख ८९ हजार २२१ र तीन लाख २० हजार ९१३ नवीकरण भएका हुन्। गत १३ औँ महाधिवेशनमा करिब चार लाख ९० हजार क्रियाशील सदस्ता रहेको कांग्रेसमा आउँदो १४औँ महाधिवेशसम्म उक्त सङ्ख्याको शतप्रतिशत सदस्यता थप्न पाउने व्यवस्था गरिएको छ।

कांग्रेस नियमावलीबमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु २०० र नयाँ सदस्यताका लागि रु ३०० तोकेको छ।

Advertisement

कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आउँदो असार २० गते, गाउँ÷नगर अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते, एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आउँदो साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने जनाइएको छ। (रासस)

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top