×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

बागलुङका स्थानीय सरकार दमकलविहीन

१० बैशाख २०७८

१० बैशाख, बागलुङ । गत मङ्सिर १६ गते बागलुङ बजारको अस्मिता कपास उद्योगमा आगलागी भयो । आगलागी हुँनासाथ बजारको दमकललाई खबर गरियो । तर आगो दन्किरह्यो, दमकल भने आएन ।

आगलागीबाट कपास उद्योग पुरै जलेर लाखौँको क्षति भयो । त्यसबखत नगरपालिकाको दमकल बिग्रिएर आउन नसकेको नगरपालिकाले जानकारी दियो । दश स्थानीय तह भएको बागलुङमा एकमात्रै दमकल हुँदा समस्या भएको छ ।

Advertisement
Advertisement

गत चैतमा मात्रै बागलुङ बजारमा तीन ठूला आगलागीका घटना भए । बजारको ग्रिल एण्ड चिल रेष्टुराँमा आगलागी हुदा १२ लाखको क्षति भयो भने सिर्जना फर्निचरमा आगलागी हुँदा छिमकको दुई घरमा समेत क्षति पु–यायो ।

फर्निचरमा लागेको आगलागी नियन्त्रणमा लिन नगरपालिकाको दमकलले नसकेपछि पर्वतको कुस्मा नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाको दमकलसमेत झिकाइयो । त्यसलगत्तै बागलुङ बजारको मुख्य चोकमा रहेको श्रेष्ठ हार्डवयरमा आगलागी हुँदा रु ३० लाख बढीको क्षति भयो ।

हार्डवयर पसलको आगलागी नियन्त्रणमा समेत नगरपालिकाको दमकलको पानीले नपुग्दा पुनःपानी ल्याउन जानुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

Advertisement

गलकोट, ढोरपाटन, जैमिनी नगरपालिका, काठेखोला, ताराखोला, निसिखोला, तमानखोला, बढीगाड र बरेङ गाउँपालिकामा दमकल छैनन् । पछिल्लो समय बागलुङमा आगलागीका घटना बढ्दै गए पनि स्थानीय तहले दमकल खरिदमा चासो दिएका छैनन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top