पाथीभरा मन्दिरमा पूजापाठ गर्न रोक

१० बैशाख ,ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा पूजापाठ तथा दर्शन गर्न रोक लगाइएको छ ।

दिनप्रति दिन कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले पूजापाठ गर्न रोक लगाएको हो ।

पाथीभरामा दिन प्रतिदिन पूजापाठ गर्ने भक्तजनको भीड बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ताप्लेजुङले आइतबारदेखि वैशाख मसान्तसम्मका लागि पाथीभरा देवीस्थलमा पूजापाठ गर्न रोक लागाइने सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top