विराटनगर , असार ६
विराटनगर महानगरपालिकालाई ग्रिन मोटरले फोहर उठाउन सहज हुने एक थान काइनेटिक हाइड्रोलिक गार्भेज इलोक्ट्रोनिक ट्रिपर हस्तान्तरण गरेको छ ।
महानगरका मेयर भीम पराजुली,उपमेयर इन्दिरा कार्की र प्रमुख प्रशासकीय अधिकृत कुमार दाहाललाई ग्रिन मोटरका सञ्चालक आशिस जाजुले संयुक्तरुपमा बुधवार साँचो तथा ट्रिपर हस्तान्तरण गरे ।
नगरका साना गल्लीहरुमा सहजरुपमा लगेर फोहर संकलन गर्न सकिने भएकाले महानगरलाई ट्रिपर हस्तान्तरण गरिएको जाजुले वताए । ५ लाख २५ हजार मूल्य वरावरको उक्त ट्रिपरले ४ सय केजीसम्म फोहर उठाउन सक्नेछ ।
उक्त ट्रिपर बुझ्दै महानगरका मेयर पराजुलीले समाजका हरेक क्षेत्रबाट हुने सहयोगले विराटनगर महानगरलाई सुन्दर बनाउन सकिने बताए। विराटनगर महानगरको फोहोर भने अहिले वेस्ट म्यानेजमेन्ट प्रा.लि.ले उठाउदै आएको छ ।