सुदूरपश्चिम : ६४ हजार सवारी साधन कारबाहीमा

१० बैशाख ७८, शनिबार

११ बैशाख, काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने ६४ हजार ३०५ सवारी साधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार गत साउनदेखि चैतसम्म सबैभन्दा बढी २४ हजार ४६० मोटरसाइकल, १४ हजार ७४० जिप र कार, ११ हजार ३०१ ट्रक, नौ हजार ५९० ट्याक्टर, दुई हजार ८० बस र दुई हजार १३४ वटा अन्य सवारी साधन कारबाहीमा परेका छन् ।

Advertisement

कारबाहीमा परेका सवारी साधनबाट तीन करोड ७० लाख ८४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

‘यी सवारी साधनबाट यस वर्ष करिब पौने चार करोड राजस्व संकलन भएको छ,’ उनले भने, ‘ट्राफिक नियम पालना नगर्ने, मापदण्डविपरीत चलाउने कारबाहीमा परेका हुन् । हामीले सवारी दुर्घटना नहोस् भनी ट्राफिक नियम पालना गराउन कडाइ गर्ने गरेका छौं ।’

Advertisement

अघिल्लो आर्थिक वर्ष ५६ हजार १५३ सवारी साधन कारबाहीमा पर्दा तीन करोड ३१ लाख ९९ हजार ५०० राजस्व संकलन भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस चालू आर्थिक वर्षको ९ महिनामा नै आठ हजार १५२ बढी सवारी साधन कारवाहीमा परेका छन् । ती सवारी कारबाहीबाट ३८ लाख ८५ हजार रुपैयाँ बढी संकलन भएको देखिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top