×

NEPAL TIMES UPDATES

Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026

कोभिडले दिएको पीडा : बेहुली लिन जाने दिनमा मलामी

१२ बैशाख २०७८

१२ वैशाख, काठमाडौँ । एकै दिन दिदी भाइ एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो ।

साँझ बत्तीको झिलिमिलीले चिटिक्क देखिएको थियो । बिहेको तयारी गर्दै टेण्ट लगाएर सजाइएको माहोलमा एकाएक मौनता छायो । शनिवार बिहान भव्य तयारीका साथ जन्ती जाने साइत थियो तर परिवारका सबै सदस्य अचानक काठमाडौंतर्फ लाग्नुपर्ने बाध्यता आयो ।

Advertisement

उनीहरु काठमाडौं हिँडेपछि बिहेको तयारी एकाएक रोकिएको छ । बिहे घरमा लगाइएको टेन्ट उतारिएको छ । जन्ती जानेका मनमा पीडा थपिएको छ ।

बिहेको रमाइलो माहोल सुरु हुन लाग्दा लाग्दै गर्दा कोरोना सङ्क्रमण भइ काठमाडौं उपचारमा रहेका घरको सदस्य काकाको मृत्यु भएपछि परिवार शोकमग्न भएको छ । वर्ष ५२ का मृतक जितपुरमा व्यव्साय गर्दै आउनुभएको थियो । दीर्घरोग र अन्य कुनै रोगको समस्या थिएन ।

स्थानीयका अनुसार केसी परिवारको घरमा ठूली छोरी र भाइको एक पटक बिहेको तयारी भएको थियो । कोरोना सङ्क्रमित रहेका काकाको स्वास्थ्य अवस्थामा सुधार नभएपछि छोरीलाई शुक्रवार राती नै विवाह गरी दिएका थिए । शनिवार छोराको जन्ती जाने कार्यक्रम थियो । तर बिहानै उपचारका क्रममा काठमाडौमा मृत्यु भएको खबरले जन्ती जानु अगाडि मृत्युको खवर आएपछि विवाहको काम रोकिएको छ ।

वाणगंगा नगरपालिकामा कोभिडको दोस्रो पटकको लहरले स्वस्थ, हट्टाकट्टा मानिसले ज्यान गुमाउनुपरेको छ । शनिवार बिहान निधन भएका केसीलाई दीर्घरोग र अन्य रोगको समस्या थिएन । उहाँको अप्रत्याशित देहान्तले कोरोनाले स्वस्थ्य मानिसलाई पनी मृत्यु गराउन सक्ने रहेछ भन्ने तथ्य उजागर गरेको छ ।

सोही नगरपालिकाका वडा नं। ४ राजापानीमा होटेल संचालन गरेका ३० वर्षीय हट्टाकट्टा युवक पनि कोरोनाको कारणले ज्यान गुमाउने परेको थियो । आँखा अगाडिका घटना बाहिर आउँदा पनि स्थानीय भने सचेत भएका छैनन् । हाल कपिलवस्तुमा १२० जना कोरोना सङ्क्रमित छन् ।

तीमध्ये आठ जना भेन्टिलेटर र १० जना आइसीयुमा उपचारका क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुमा हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए । कोरोना बढ्दै जाँदा सरोकारबाला निकायले ठोस कदम चाल्न सकेका छैनन् ।

यता स्थानीय सरकारले भने विपतको जोखिम कम गर्नका लागि तत्परता देखाएका छैनन् । पालिकाका मुख्य स्थानमा हाटवजार संचालनमा छन् । विद्यालयसमेत परीक्षा गर्ने भनी संचालनमा छन् ।

Advertisement

मुख्य चोकमा र बैंकहरुमा भीडभाड छ । जसले गर्दा कपिलवस्तुमा दोस्रो लहरको कोरोना फैलिन सक्ने सम्भावना देखिन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top