Nepal Times
Nepal Times
3
Shares

नेपालमा कोरोना सङ्क्रमण वृद्धिदर विश्वमै उच्च : मन्त्रालय

नेपालमा कोरोना सङ्क्रमण वृद्धिदर विश्वमै उच्च : मन्त्रालय

१२ बैशाख, काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ ।

पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको भन्दै मन्त्रालयले यो दर विश्वमै उच्च रहेको बताएको हो ।

अहिले विश्वमा कोरोना सङ्क्रमण वृद्धिदर १० प्रतिशतमात्रै रहेको छ । नेपालको छिमेकी देश भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ ।

यस्तै नेपालमा परीक्षण गरिएका नमुनामध्ये ३० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको र यसको अर्थ हाम्रो समुदायमा सङ्क्रमण व्यापक भइसकेको बुझ्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा धुलिखेल अस्पतालका स्वास्थ्य तथा सामुदायिक विकास कार्यक्रम निर्देशक डाक्टर विराजमान कर्माचार्यले जानकारी दिए ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.