×

NEPAL TIMES UPDATES

Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026

गोहीको बासस्थान र प्रजनन प्रक्रियाबारे अनुगमन

७ असार २०७५

चितवन, असार ७
वर्षा शुरु भएसँगै खोला नदीमा बाढी आउँदा संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको बासस्थानको अवस्था र प्रजनन प्रक्रियाका बारेमा अनुगमन गर्न थालिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्रको गोही प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्कासहितको टोलीले तीन दिनयता राप्ती नदी र नारायणी नदीमा अनुगमन गरिरहेको छ ।

Advertisement

खड्काका अनुसार धमिलो पानीमा गोहीको आनीबानी कस्तो रहन्छ र उसको आहारको अवस्था के छ भन्नेबारेमा प्रत्यक्षरुपमा अनुगमन गरिएको छ । राप्ती नगरपालिकाको पिप्लेबाट राप्ती नदीमा खड्काको टोलीले ¥याफ्टिङ बोटमा बसेर अनुगमन गरेको हो । सोही क्रममा यसअघि गोहीको अण्डा संकलनका क्रममा छाडिएका गुँडहरुमा अण्डाबाट गोहीका बच्चा कोरलिए नकोरलिएको पनि हेरिएको उनले बताए ।

नारायणीमा छोडिएकामध्ये एउटा गुँडमुनिबाट पानी बगेपछि अण्डा बिग्रिएको र दुई वटामा ५० वटा जति बच्चा कोरलिएको उनले बताए । अन्य दुई गुँड भने हराएको उनले जानकारी दिए ।

सोही समयमा राप्तीमा सात र नारायणीमा दुई गुँडबाट अण्डा संकलन गरिएको थियो । ती अण्डा प्रजनन् केन्द्र कसरामा राखिएकामा २०० जति बच्चा कोरलिएको उनले बताए । पानी धमिलो हुँदा यो मौसममा धेरै गर्मी हुने भएकाले गोहीलाई आहार बढी चाहिने हुन्छ । बाढीले माछालाई बगाउने हुँदा धमिलो पानीभित्र अधिकांश गोही शिकारमा व्यस्त हुने गरेको पाइएको खड्काले बताए । जाडो महिनामा नदी किनारमा सुस्ताउने गोही अहिले भने पानीभित्र व्यस्त रहेको पाइएको छ ।

गोहीले धमिलो पानीमा पनि आँखा देख्ने भए पनि माछाले नदेख्ने हुँदा गोहीलाई शिकार गर्न भने सहज भएको देखिएको छ । खड्काले राति पनि नदीको बगरमा नै बसेर अनुगमन गरिएको र अझै केही दिन लाग्ने बताए ।

Advertisement

हालसम्म नारायणी र राप्ती नदीमा एक हजार ३६५ वटा घडियाल गोही छोडिसकिएको छ । तीनै नदीमा अण्डा संकलन गरी प्रजनन केन्द्रमा बच्चा हुर्काएर नदीमा छाडिँदै आएको छ । तर गत वर्षको गणनाअनुसार नारायणी र राप्ती नदीमा गरी १६६ वटा गोही मात्रै रहेका छन् ।
रासस

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top