पर्सामा बिहीवारदेखि एक हप्ता निषेधाज्ञा

१४ बैशाख ७८, मंगलबार
Share this
747shares

१४ बैशाख, पर्सा । पर्सामा वैशाख १६ गते आउँदो बिहीवार बिहान चार बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को १४ गते बसेको बैठकले वैशाख १६ गते आउँदो बिहीवार बिहान चार बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

Advertisement

पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइने भएको हो । नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्डभित्र रही कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

कोभिड सङ्क्रमितको उपचारका लागि तत्काल दुई सय शय्याको डेडिकेटेड अस्पताल स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । साथै विदेशबाट आएकालाई कम्तीमा १० दिनसम्म आइसोलेशनमा राख्ने कुराको व्यवस्थापन गर्न पालिकालाई अपिल गरिएको छ ।

Advertisement

बैठकले ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर स्थापना गर्ने र त्यसलाई नेपाली सेनाको निगरानीमा सञ्चालन गर्ने निर्णय गरेका छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top