स्वास्थ्य मन्त्रालयको निर्देशन: स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनू

१४ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र यसअघि बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन दिएको छ ।

Advertisement

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका सबै अस्पतालहरूलाई मंगलबार एक पत्र पठाउँदै सो निर्देशन दिएको हो ।

केन्द्रले अस्पतालमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशतको पालो निर्धारण गरेर सेवा दिनसमेत भनिएको छ।

Advertisement

अस्पतालको दरबन्दीअनुसार कुनै पद रिक्त रहे तत्काल जनशक्तिको व्यवस्थापन गर्न, स्वीकृत जनशक्ति भन्दा बढी जनशक्ति आवश्यक भए ६ महिनाको लागि करार सेवामा लिने व्यवस्था मिलाउन मन्त्रालयले पत्राचार गरेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top