×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

दक्षिण एसिया आपत्कालीन आपूर्ती भण्डारण संयन्त्र निर्माणका लागि चीनको प्रस्ताव

१५ बैशाख २०७८

१५ वैशाख,काठमाडौं ।
कोरोना महामारी नियन्त्रण, गरिवी निवारण र व्यापार–वाणिज्य प्रवर्द्धनका लागि चीनले नेपाल लगायत दक्षिण एसियाली मुलुकहरुसँग विभिन्न संयन्त्र निर्माणको प्रस्ताव गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले वुधबार दक्षिण एसियाली मुलुकका समकक्षीहरुसँग गरेको भिडियो सम्मेलनमा सो प्रस्ताव गरेका हुन् । सम्मेलनमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाग लिएका थिए ।

Advertisement
Advertisement

चिनियाँ विदेशमन्त्रीले चीन–दक्षिण एसिया आपत्कालीन आपूर्ती भण्डारण संयन्त्रण निर्माण गर्न प्रस्ताव गरेका छन् । यसको उद्देश्य खोप लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको भण्डारण गर्ने र संकटमा परेका देशलाई उपलब्ध गराउने हो ।

सो भण्डारण केन्द्र समुद्रको नजिक बनाउन बंगलादेशले प्रस्ताव गरेको छ । बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनका अनुसार समुद्रको नजिक स्थापना गरिएमा आप्तकालीन अवस्थामा कुनै पनि मुलुकमा छिटो पुर्याउन र प्रयोग गर्न सकिन्छ ।

चिनियाँ विदेशमन्त्रीले कोरोना खोपमा सहकार्यका लागि एक संयन्त्र नै निर्माण गरेर काम गर्ने प्रस्ताव गरेका छन् । चीनले कोरोना खोपका सम्बन्धमा अनुदान, व्यापारीक कारोबार र उत्पादनको क्षेत्रमा सहकार्यका लागि लचिलो रहेको समेत उल्लेख गरेको छ ।

खोपका सम्बन्धमा चिनियाँ विदेशमन्त्रीले नेपाल, चीन, बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानिस्तान बीचमा एक सहकार्य संयन्त्र बनाउने र त्यही फ्रेमवर्कमा काम गर्ने प्रस्ताव गरेका हुन् ।

पछिल्लो समय दक्षिण एसियाली मुलुकहरुमा संक्रमणको दर ह्वात्तै बढेको सन्दर्भमा चीनले सो भिडियो सम्मेलनको आयोजना गरेको हो ।

आन्तरिक रुपमा कोरोना संक्रमण बढेपछि भारत यतिबेला दक्षिण एसियाली मुलुकलाई खोप र अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराउन सक्ने अबस्थामा छैन । त्यसैले पनि दक्षिण एसियाली मुलुकहरु खोपका लागि चीनतिर पहल गर्न थालेका छन् ।

मंगलबारको छलफलमा नै चीनले नेपाललाई ९ करोड बराबरको विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने घोषणा गरेको छ । चीनले नेपाललाई ८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ ।

उसले अन्य दक्षिण एसियाली मुलुकहरुलाई पनि अनुदानमा खोप उपलब्ध गराएको छ । तर दक्षिण एसियाली मुलुकले खोप भने भारतबाट नै किनिरहेका छन् ।

विशेषत गत वर्ष महामारी शुरु भएयता नेपाल, चीन, अफगानिस्तान, बंगलादेश र श्रीलंकाले महामारी नियन्त्रण र अन्य विषयमा पटक–पटक छलफल गरेका छन् । विदेशमन्त्री र अन्य विभिन्न तहमा यस्ता कुराकानीहरु भइरहेका छन ।

कतिपयले यसलाई चीनले ‘हिमालयन क्वाड’ बनाउन लागेको रुपमा पनि ब्याख्या गरेका छन् । तर, चीनले पनि क्वाड शितयुद्धकालिन मानसिकता भएको र आफूले दक्षिण एसियाली मुलुकसँग सहकार्य गर्न चाहेको उल्लेख गरेको छ ।

आइतबारको सम्मेलनमा चीनले भारतलाई पनि आमन्त्रण गरेको थियो तर भारत सहभागी हुन मानेन । भुटान र मालदिभ्स पनि सम्मेलनमा सहभागी थिएनन् ।

चिनियाँ विदेशमन्त्रीले गरिवी निवारणमा समेत ६ मुलुकहरुको विचमा सहकार्यको प्रस्ताव गरेका छन् । उनले चीन–दक्षिण एसिया गरिवी निवारण र विकास सहकार्य सम्बन्धी केन्द्र स्थापना गर्न प्रस्ताव पनि गरे ।

विशेषतः चीनले पछिल्लो दशकमा गरिवी निवारणमा उलेख्य प्रगती हासिल गरेको छ । उसले आफ्नो अनुभव र सफलता दक्षिण एसियाली मुलुकहरुसँग बाँड्न चाहेको छ ।

त्यसका लागि उसले एक स्थायी संयन्त्र नै निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी उसले ई–कमर्सलाई पनि संस्थागत रुपमा नै अगाडि बढाउन चाहेको छ ।

महामारीको कारण एक ठाउँबाट अर्को ठाउँमा जान कठिनाई हुने भएकाले चीनले ई–कमर्सलाई प्रवर्द्धन गर्न चाहेको बताएको छ ।

Advertisement

यी विषयसँगै चीनले दक्षिण एसियाली मुलुकहरुसँग बेल्ट एण्ड रोड(बिआरआई) सहकार्यलाई पनि अगाडि बढाउन चाहेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top