रोल्पा आगलागीः २६ घरसहित पाँच गोठ जलेर नष्ट, आगो अझै नियन्त्रणबाहिर

१५ वैशाख, रोल्पा । रोल्पामा आगलागीका कारण २६ घरसहित पाँच गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार त्रिवेणी गाउँपालिका वडा नम्बर २ को कापडाँडा गाउँका १९, बर्तिबाङ गाउँका ६ र सानो चेत्रे गाउँका ६ गरी ३१ घर गोठ जलेर नष्ट भएका हुन् ।

आगलागीबाट २६ घर जलेको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए ।

आगलागीमा २० वटा बाख्रा, १३ वटा गाई जलेर मरेका छन् । यस्तै, तीन दिनदेखि पिराले, धानबाङ, रामपुर, प्युरी लगायका गाउँका जंगलमा पनि आगलागी भइरहेको छ ।

तीन दिनमा त्रिवेणी गाउँपालिका वडा नम्बर २ का २÷३ वटा गाउँ बाहेक सबै जस्तो क्षेत्रमा आगलागी भएको छ ।

तीन दिनदेखि लागेको आगो निभाउन स्थानीयबासिन्दा र सुरक्षाकर्मीहरु खटिए पनि अझै आगो नियन्त्रणमा आउन सकेको छैन् ।

रातभर स्थानीयबासिन्दालाई आफ्ना सरसामान बाहिर निकालेर सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको रोल्पाका प्रहरी प्रमुख डीएसपी सुवेदीले बताए ।

हावाहुरीका कारण आगो नियन्त्रणका लागि कठिनाइ भएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top