×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

बाँकेमा एकैदिन थप ८ संक्रमितको मृत्यु

१६ बैशाख २०७८

१६ वैशाख, बाँके ।
बाँकेमा एकैदिन थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो ।

Advertisement
Advertisement

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

५८ वर्षीय पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार राति ८ः५५ बजे मृत्यु भएको हो ।

यसैगरी ४३ वर्षीया महिलाको बुधबार संक्रमण पुष्टि भएकोमा उपचारको क्रममा सोही दिन राति ९ बजे मृत्यु भएको हो ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमा खजुरा गाउँपालिका–२ बाँकेकी ६७ वर्षीया महिलाको आज विहान ८ बजे मृत्यु भएको छ । यही वैशाख १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएकोमा १२ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको मृत्युसँगै कोरोनाबाट बाँकेमा ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । भेरी अस्पतालमै कैलालीको लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुषको पनि आज बिहान ७ः५० बजे मृत्यु भएको छ ।

नेपालगञ्ज–१४ का ६० वर्षीय, नेपालगञ्ज–९ का ४२ वर्षीय, नेपालगञ्ज–५ का ५५ वर्षीय पुरुष र बर्दियाको बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ओलीले जानकारी दिए ।

ओलीका अनुसार नेपालगञ्जका ६० वर्षीय पुरुषको वैशाख ६ गते संक्रमण पुष्टि भएकोमा बुधबार मात्रै भेरी अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएकै दिन बुधबार राति ९ बजे उनको मृत्यु भएको हो ।

बाँकेकै ४२ वर्षीय पुरुषमा वैशाख १० गते संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भर्ना गरी सबै आवश्यक औषधि प्रयोग गरी उनको उपचार थालिए पनि बुधबार राति १० बजे उनको मृत्यु भएको ओलीले बताए ।

बाँकेकै ५५ वर्षीय पुरुषको वैशाख १० गते नेपालगञ्ज मेडिकल कलेजमा नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै नेपालगञ्ज मेडिकल कलेजमा उनलाई भर्ना गरिएको थियो ।

तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई बुधबार भेरी अस्पतालमा लगिएको थियो । सबै प्रकारका औषधि प्रयोग गरी उपचार थालिए पनि उनको बिहीबार बिहान ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

बर्दियाका ३२ वर्षीय पुरुषको वैशाख ९ गते गरिएको पीसीआर परीक्षणमा संक्रमण देखिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार भेरी अस्पतालमा भर्ना भएका उनको बिहीबार बिहान १ः३० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Advertisement

बर्दियाका ३२ वर्षीय पुरुषको मृत्यु भएसँगै उपचारका लागि बाँकेका बिभिन्न अस्पतालमा आएका बाहिरी जिल्लाका १०९ जनाको मृत्यु भएको ओलीले बताए ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top