उपत्यकामा आजदेखि लागू निषेधाज्ञा कार्यान्वयनमा कडाई (तस्विरसहित)

१६ बैशाख ७८, बिहीबार
Share this
782shares

१६ वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहानदेखि लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका लागि कडाइ गरिएको छ ।

Advertisement

सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । सुरक्षाकर्मीले सुरक्षा चेकजाँचलाई कडा पारेका छन् ।

Advertisement

अत्यावश्यक बाहेकका गाडीलाई होल्ड गरिएको छ भने मास्क नलगाइ हिड्ँनेलाई सम्झाइ बुझाइ गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म एक हजारभन्दा धेरै गाडीलाई प्रहरीले होल्डमा राखेको छ ।

प्रहरीका अनुसार होल्डमा हुनेमा दुई पाङ्ग्रे गाडी धेरै छन् । अहिलेसम्म ८ सय १५ वटा दुई पाङ्ग्रे गाडी र दुई सय ३३ वटा चार पाङ्ग्रे गाडीलाई होल्डमा राखिएको प्रहरीले जनाएको छ ।

Advertisement

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लगाएको छ ।

अत्यावश्यक बाहेकका गाडी नचलाउन र अनुमतिबाहेकले पनि गाडीमा देखिने गरी सेवा क्षेत्र उल्लेख गरेर परिचयपत्र भिरेर हिँड्न प्रहरीले आग्रह गरेको छ ।

कोरोना सङ्क्रमणबाट बच्न बिना काम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेर घरबाहिर निस्कनै पर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसार गर्न सरकारले आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top