विराटनगर,असार ७
बालविवाह र बहुविवाह न्युनिकरणगर्ने उद्धेश्यले विराटनगरका मुस्लिम महिलाहरुलाई दुईदिने सचेतना तालिम दिइएको छ ।
विराटनगर महानगरपालिकाको सहयोग र अल आमना मुस्लिम महिला नेपालको आयोजनामा विराटनगरका विभिन्न वडाका मुस्लिम महिलाहरुलाई सचेतना तालिम दिइएको हो ।
विराटनगर–६ सरौचियास्थित इस्लामिक संघमा आयोजित कार्यक्रमकाबीच दुईदिन दिन अघिदेखि आयोजना गरिएको तालिम समापन भएको हो । तालिमका सहभागिलाई अधिवक्ता मिना गिरिले बालविवाह र बहुविवाहका नकारात्मक पक्ष र कानुनी ब्यवस्था लगायतको बिषयमा जानकारी दिएकी थिईन् ।
तालिम समापनको क्रममा विराटनगर महानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख डिल्ली धिमाल, इस्लामिक संघ नेपालका केन्द्रीय सदस्य मोहम्मद अफजल हुसैन गूल्जार र आयोजक संस्थाकी अध्यक्ष मदिना खातुनले प्रमाणपत्र वितरण गरे।
तालिममा विराटनगरको वडा नम्बर ५,६ र ९ का २७ जना मुस्लिम महिला, युवती र किशोरी सहभागि भएका थिए ।