सुनको भाउ आज तोलामा ९ सयले घटेर ८९ हजार ९ सय कायम

सुनको भाउ आज तोलामा ९ सयले घटेर ८९ हजार ९ सय कायम

१७ वैशाख, काठमाडौँ । सुनचाँदीको भाउ आज घटेको छ ।

हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ ।

गएको आइतवार चाँदीको भाउ तोलामा १३ सय १० रुपैयाँ तोकिएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.