सुनसरीमा आज राति १२ बजेदेखि निषेधाज्ञा

१७ बैशाख ७८, शुक्रबार
Share this
644shares

१७ वैशाख, विराटनगर । सुनसरीमा कोरोना संक्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

Advertisement

सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र आज शुक्रबार राति १२ बजेदेखि वैशाख २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिएका छन् ।

यो अवधिमा अत्यावश्यकबाहेक हिँड्डुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

Advertisement

सर्वसाधारणलाई कतै ननिस्की घर बस्ने आदेश जारी गरिएको छ भने सरकारी कार्यालयहरूमाथिको निर्देशन आलोपालो गरेर सेवा प्रभाव गर्न भनिएको छ।

सवारी साधन जोरविजोर प्रमाणीमा मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासनले जनाएको छ। यता खाद्यान्नका पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्ममात्र खोल्न दिइने छ ।

Advertisement

सीमानाबाट संक्रमण आउने खतरा टार्न जिल्लाको भण्टाबारी नाकाबाट विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top