निषेधाज्ञा उल्लंघन गर्दा कारागार चलान

निषेधाज्ञा उल्लंघन गर्दा कारागार चलान

१७ वैशाख, रुपन्देही । रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई कारागार चलान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो।

तीमध्ये ५ जनाले जरिवाना बुझाएर छुटेका थिए।

बाँकी ३ जनाले जरिवाना बुझाउन नसको कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

कोरोना संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबार देखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरेको छ।

सोही क्रममाः निषेधाज्ञा उल्लंघन गर्ने ७ पुरुष र १ महिलालाई सम्झाइबुझाइ गर्दा प्रहरी अधिकृतलाई समेत काममा बाधा पु¥याएको भन्दै उनीहरुलाई कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाएको प्रहरीले जनाएको छ।

उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।

उनीहरूमध्ये ७ जना पुरुषलाई एक महिना कैद वा जनही ९ हजार १ सय जरिवाना तोकिएको थियो।

त्यस्तै एक महिलालाई भने ६ सय जरिवाना तोकिएको थियो।

४ जना पुरुष र १ महिला गरी ५ जनाले कैद र जरिवाना वापतको रकम दाखिला गरेका कारण छोडिएको र अन्य ३ जनाले सो बराबरको जरिवाना रकम तिर्न नसकी कारागार चलान भएको थापाले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.