भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध

१७ बैशाख ७८, शनिबार

१८ र्बशाख, एजेन्सी । कोभिड १९ महामारी भयानकसँग फैलिएको भारतबाट आउनेलाई अमेरिका र अष्ट्रेलियाले पनि प्रतिवन्ध लगाएको छ । यस अघि विभिन्न देशले भारतसँगको बन्द गरिसकेका छन् ।

भारतमा कोभिड–१९ को महामारीले विकराल रुप लिएको र एकसाथ कोरोना भाइरसका विभिन्न भेरियन्ट देखिएकाले अष्ट्रेलिया सरकारले आपतकालीन निर्णय गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस अघि अष्ट्रेलिया सरकारले भारतमा रहेका आफ्ना नागरिक र अष्ट्रेलियामा बसोबास गर्दै आएका भारतीय नागरिकलाई आउजाउ गर्न १४ दिनको समय दिएको थियो । उक्त समय सिमा मे दुई तारिखमा सकिँदै छ । त्यसैले मे तीनबाट प्रवेशमा रोक लाग्ने भएको हो ।

यो निर्णय उल्लंघन गर्नेलाई पाँच बर्षसम्मको जेल र आर्थिक जरिवाना समेत हुन सक्ने अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेक हुन्टद्धारा जारी विज्ञप्तीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

‘हामी भारतीय जनता र भारतीय–अष्ट्रेलियाली समुदाय प्रति चिन्तित छौं । त्यहाँबाट आउँदा अष्ट्रेलियामा रहेका परिवार, आफन्तहरु खतरामा पर्छन् । त्यसैले हामी यो प्रतिबन्ध लगाउन बाध्य भयौं’– स्वास्थ्य मन्त्री ग्रेक हुन्टको विज्ञप्तीमा उल्लेख छ ।

अष्ट्रेलियाले भारतबाट हुने हवाई सेवा गत मंगलबारबाट बन्द गरिसकेको थियो । तर, कतार लगायत अन्य देश हुँदै भारतीयहरु अष्ट्रेलिया गइरहेका थिए । यो प्रतिबन्धको विषयमा मे १५ मा पुनर्विचार गरिने जनाइएको छ ।

उता अमेरिकाले पनि भारतबाट आउजाउमा रोक लगाउने निर्णय गरेको छ । आगामी मे ४ बाट लागू हुनेगरी भारतबाट आउनेलाई रोक लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तर यो प्रतिबन्ध अमेरिकी नागरिक र ग्रीन कार्ड बाहेकलाई भने लागु नहुने सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा कोभिड–१९ को सबै खालका भेरियन्टहरु फैलिरहेको र मृत्युदर समेत अत्याधिक भएकाले यस्तो निर्णय गरिएको जनाइएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top