पुटिनलाई भेट्न मुन मस्कोमा

७ असार ७५, शुक्रबार

मस्को, असार ७

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन रूसको राजधानी मस्को पुगेका छन् ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मुन बिहीबार मस्को आएको उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।
दुई समकक्षीबीच आर्थिक सहकार्य र उत्तर कोरियाबार कुराकानी हुने अपेक्षा गरिएको छ ।

Advertisement

मुनले पुटिनलाई शुक्रबार भेट्ने कार्यक्रम तय भएको छ । त्यस क्रममा उनीहरूले केही संयुक्त सम्झौतापत्रहरूमा हस्ताक्षर गर्ने तयारी गरिएको अधिकारीहरूले बताएका छन् ।

तीन दिने भ्रमणका क्रममा राष्ट्रपति मुनले आउँदो शनिबार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत मेक्सीको विरुद्ध दक्षिण कोरियाले खेल्ने खेलको पनि अवलोकन गर्ने अपेक्षा गरिएको छ । सो खेल रूसको रोस्टोभ अन डनमा हुने तय भएको छ ।

Advertisement

रूसका राष्ट्रपति पुटिनले गत हप्ता उत्तर कोरियाका नेता किम जोङ उनलाई रूसमा स्वागत गर्न पाए खुशी हुने बताएको केही दिनपछि दक्षिण कोरियाका राष्ट्रपति रूस पुगेका हुन्
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top