लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने गृहकार्यमा एमाले

१९ वैशाख, काठमाडौँ । लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु भएको छ ।

Advertisement

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा नेकपा एमाले अघि सरेको हो ।

जनता समाजवादी पार्टीका ४ सांसद पदमुक्त भएसँगै लुम्बिनीमा नेकपा एमालेको एकल बहुमत पुगेको छ ।

Advertisement

यसअघि संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बन्नुभएका मुख्यमन्त्री पोखरेललाई अब संविधानको धारा १६८ को १ अनुसार एकल सरकार बनाउने बाटो खुलेको छ ।

लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार गठनको गृहकार्य सुरु भएको नेकपा एमालेको रुपन्देहीका जिल्ला इञ्जार्ज दधिराम न्यौपानेले बताएका छन् । उनले अब नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु हुने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top