पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

१८ बैशाख ७८, आइतबार

१९ बैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले सामाजिक सञ्जालमार्फत आफूसहित श्रीमतीमा पनि संक्रमण देखिएको जानकारी दिएका हुन् ।

‘आज गरिएको परीक्षणबाट हामी श्रीमान्–श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ ।

Advertisement

हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ ।

यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ,’ उनले फेसबुकमा लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top