बहुमत जुटाउन जसपामा दुवै पक्ष सक्रिय

२० बैशाख ७८, मंगलबार

२१ बैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछि आफ्नो पक्षमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका दुवै पक्ष सक्रिय भएका छन्।

दुवै पक्षका शीर्ष नेताहरू सोमबारदेखि आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यसँग सम्पर्कमा छन्। आफूनिकट सांसदलाई अर्को कित्तामा जान नदिन दुवै पक्षका शीर्ष नेता सक्रिय देखिएका छन्।

दुवै पक्षले आफूनिकट सांसदको हस्ताक्षर संकलन गर्ने तयारी गरेको स्रोतको भनाइ छ। महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यलाई तत्काल काठमाडौं बोलाएको छ भने काठमाडौंमा रहेका सांसद तथा कार्यकारिणी समिति सदस्यलाई बाहिर नजान निर्देशन गरेको छ। यो पक्षले मंगलबार आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यहरूसँग अनौपचारिक छलफल गर्ने भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top