×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

किशोरकिशोरीका लागि फाइजर खोप लगाउन स्वीकृति दिने अमेरिकाको तयारी

२१ बैशाख २०७८

२१ वैशाख, एजेन्सी ।
अमेरिकाले किशोरकिशोरीका लागि कारोना भाइरसविरुद्धको खोप लगाउन स्वीकृति दिने तयारी गरेको छ ।

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले कोरोना भाइरसविरुद्धको फाइजर खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीलाई लगाउन स्वीकृति दिने तयारी गरेको संघीय अधिकारीलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले जनाएको छ ।

Advertisement

आउँदो हप्ताको सुरुमा एफडिएले सो स्वीकृति जारी गर्ने तयारी गरेको खबरमा उल्लेख छ । फाइजर र जर्मनीको कम्पनी बायोएनटेकले उत्पादन गरेको खोप परीक्षणपछि १२ देखि १५ वर्षसम्मका लागि पनि दिने तयारी भएको हो ।

खोप उत्पादकले गएको मार्चमै परीक्षणको नतिजा प्रकाशित गर्दै १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीमा पनि खोप सुरक्षित तथा प्रभावकारी रहेको बताएको थियो ।

फाइजर खोपको आपतकालीन प्रयोग किशोरकिशोरीमा पनि बिस्तार गर्ने तयारी स्वरुप छलफल तथा परामर्श भएको एफडिएले बताएको समाचार संस्था रोयटर्सले पनि उल्लेख गरेको छ ।

फाइजरको खोप १६ वर्षमाथिका लागि अमेरिकाले यसअघि नै स्वीकृति प्रदान गरिसकेको छ । फाइजरले भने किशोरकिशोरीमा पनि खोप स्वीकृत गर्ने बारे भइरहेको तयारीका सम्बन्धमा कुनै प्रतिक्रिया नदिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) की निर्देशक रोशेल वालेन्स्कीले अप्रिलको सुरुमा फाइजर किशोरकिशोरीका लागि मेको मध्यसम्ममा खोप स्वीकृत गर्न सकिने बताएकी थिइन् ।

मोदेर्ना तथा जोन्सन एण्ड जोन्सनले पनि आ–आफ्ना खोप १२ देखि १८ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीमा सुरक्षित तथा प्रभावकारी रहे–नरहेको थाहा पाउनका लागि परीक्षण गरिरहेका छन् । मोदेर्नाको अध्ययनको नतिजा चाँडै आउने सम्भावना छ ।

फाइजर र मोदेर्नाले खोपको प्रभावकारिता ६ मिहनादेखि ११ वर्षसम्मका बालबालिकामा कस्तो छ भनेर हेर्नका लागि पनि परीक्षण गरिरहेका छन् ।

Advertisement

११ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप सन् २०२२ को सुरुमा तयार हुने दुवै कम्पनीले बताएका छन्।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top