संसद्को विशेष अधिवेशनका लागि भोलि र पर्सी सांसदको कोरोना परीक्षण गरिने

gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ;+3Lo ;+;bsf] a}7s kmfu'g @! ut] cfXjfg ul/Psf] 5 . tl:a/ M /Tg >]i7, /f;; .

२१ बैशाख, काठमाडौं । आउँदो २७ गतेका लागि बोलाइएको संसद्को विशेष अधिवेशनका लागि (बुधवार) भोलि र (बिहीवार) पर्सी सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान १० देखि बेलुका ५ बजेसम्म स्वाब सङ्कलन गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको विशेष अधिवेशनअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।