ट्रम्पले सार्वजनिक गरे आफ्नै नामको नयाँ वेबसाइट

FILE - President Donald Trump walks to board Marine One on the South Lawn of the White House on Jan. 12, 2021, in Washington. Media critic Brian Stelter is updating his book "Hoax: Donald Trump, Fox News and the Dangerous Distortion of Truth" in preparation for the paperback edition. The changes reflect the end of Trump's presidency and the false claims of voter fraud and the rise of Tucker Carlson to become Fox's most prominent personality. Announced on Sunday, Feb, 21, 2021, the revised edition will be released in June. (AP Photo/Gerald Herbert, File )

२२ वैशाख, एजेन्सी ।
ट्वीटर तथा फेसबुकबाट प्रतिबन्धित भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै नामको नयाँ वेबसाइट सार्वजनिक गरेका छन्।

नयाँ वेबसाइटमा सीधै ट्रम्पबाटै सामग्रीहरु पोस्ट हुने दाबी गरिएको छ। गएको जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणपछि ट्रम्पमाथि ट्वीटरले प्रतिबन्ध लगाएको छ भने फेसबुक र युट्युबले उनको एकाउन्ट निलम्बित गरेका छन्।

त्यसयता ट्रम्पले प्रेस विज्ञप्ति मार्फत आफ्ना धारणा राख्दै आएका छन्। अब भने ती विज्ञप्ति तथा अरु सामग्री र ट्वीट प्रकृतिका टिप्पणीहरु ट्रम्पले आफ्नो नयाँ वेबसाइट मार्फत गर्ने छन्।

प्रयोगकर्ताहरुले नयाँ वेबसाइटमा ट्रम्पले गरेका पोस्टहरु लाइक गर्न तथा ट्वीटर र फेसबुकमा सेयर गर्न पनि पाउने छन्।