×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

देशभर दैनिक १३ हजार सिलिण्डर अक्सिजन उत्पादन, विदेशबाट सिलिण्डर मगाउने तयारी

२२ बैशाख २०७८

२२ वैशाख, काठमाडौँ । देशभर रहेका अक्सिजन उद्योगबाट दैनिक १३ हजार सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ ।

काठमाडौँमा ८ सहित देशका विभिन्न ठाउँमा रहेका २० वटा उद्योगबाट अहिले अक्सिजन उत्पादनको काम भइरहेको व्यवसायीहरुले बताएका छन् ।

Advertisement
Advertisement

सीमित सिलिण्डरका कारण भनेजति अक्सिजन उत्पादन गर्न नसकिएको नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमल्सिनाले बताएका छन् । उनले आवश्यक सिलिण्डरको बन्दोबस्त भएमा आफूहरु जति पनि उत्पादन गर्न तयार रहेको बताए ।

पछिल्ला दिनहरुमा चौबीसै घण्टा अक्सिजन उत्पादनमा आफूहरु खटिएको भन्दै उनले सिलिण्डरको मात्रै व्यवस्थापन हुने हो भने केही सहज हुने बताए ।

अस्पतामलमै भर्ना गरेर राख्नुपर्ने कोरोना संक्रमितको संख्या हरेक दिन बढेसँगै अक्सिजनको माग पनि बढ्न थालेको छ ।

हरेक दिन अक्सिजन सिलिण्डरको माग बढिरहेको र यही रफ्तारमा माग बढ्ने हो भने धान्न सक्ने अवस्था नै नरहेकोले तत्काल चाहिने बन्दोबस्त गर्न अक्सिजन उत्पादन गर्ने व्यवसायीहरुको माग छ ।

कोरोना महामारी आउनुभन्दा पहिले नै आफूहरुले आवश्यक प्रबन्ध मिलाउन भने पनि सरकारले वास्ता नगर्दा अहिले यो अवस्था आएको उनीहरुको भनाइ छ ।

यस्तै बिरामीको घर र अस्पतालमा त्यसै राखिएका अक्सिजन सिलिण्डरको संकलनको काम भइरहेको सरकारले जनाएको छ । नपुगे विदेशबाट समेत ल्याउन सबै बाटो खुला गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर अधिकारीले बताएका छन् ।

सरकारले चीनबाट २० हजार खाली सिलिण्डर ल्याउने निर्णय गरिसकेको छ । अहिले स्वास्थ्य संस्थाहरुमा ६ देखि ७ हजार सिलिण्डरहरु रहेका छन् ।

यस्तै व्यवसायीसँग पनि सिलिण्डरहरु रहेका छन् । अस्पताल, नीजि क्षेत्र र उद्योगमा रहेका सिलिण्डर प्रयोग गर्दासमेत नपुग्ने अवस्था आयो भने त्यतिखेर नै आवश्यक बन्दोबस्त मिलाइने तर अभाव नै हुन भने नदिने प्रवक्ता अधिकारी बताउँछन् ।

उत्पादन हुने अक्सिजनमध्ये ३० देखि ४० प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुने गरेको छ । एउटा प्लान्टबाट हरेक दिन ४७ लिटर क्षमताका ५ सय वटा सिलिण्डरमा ग्यास भर्न सकिने क्षमता रहेको छ ।

Advertisement

कोरोना भाइरसको संक्रमण उच्च गतिमा बढिरहेकोले अक्सिजन उत्पादन गर्ने क्षमतासँगै खाली सिलिण्डरको बन्दोबस्त बेलैमा गरे भारतको जस्तै हविगत नेपालले भोग्नु नपर्ने व्यवसायीहरु बताउँछन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top