घलेम्दीले साधारण शेयर निष्काशन गर्ने

७ असार ७५, शुक्रबार

म्याग्दी, असार ८
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाले साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले घलेम्दी आयोजनालाई पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि साधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीलाई १० प्रतिशत अर्थात् रु पाँच करोड ५० लाखबराबरको पाँच लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव विमल रिजालले जानकारी दिए ।

Advertisement

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । भिवोर क्यापिटल लिमिटेडले आह्वानपत्र निष्काशन गरेपछि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शेयर जम्मा गर्न पाउने छन् ।

आयोजना प्रभावित स्थानीयवासीलाई शेयर जारी गरिसकेपछि कम्पनीले सबै नेपाली नागरिकले शेयर जम्मा गर्न पाउने गरी अर्को चरणमा रु ११ करोडको शेयर जारी गर्नेछ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top