×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारकै कारण खोप नआएको सुरज वैद्यको दाबी

२३ बैशाख २०७८

२३ वैशाख, विराटनगर ।
कमिसन नपाएपछि भारतको पूणेस्थित सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशील्ड भ्याक्सिन आयात रोकेको आरोप खेपेका व्यवसायी सुरज वैद्यले प्रेस विज्ञप्तिमार्फत आफ्नो स्पष्टीकरण दिएका छन्‌।

पछिल्लो समय ​प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध कायम गरेका वैद्य सिरमका लागि नेपालस्थित आधिकारिक बिक्रेता पनि हुन्‌।

Advertisement
Advertisement

तर, अहिलेसम्म नेपालमा आयात भएको भ्याक्सिनमा आफूहरूको आधिकारिक सहभागिता नरहेको उनले दाबी गरेका छन्‌। ​नेपाल र भारत सरकारबीच २० लाख डोज भ्याक्सिन खरिद सम्झौता भएपनि सो प्रकृया बीचमै रोकिएको छ।

सिरमको नेपाल एजेन्ट रहेका वैद्यले सरकारसँग कमिशन मागेका र सिरमले पनि सम्झौता विपरीत खरिद प्रकृयामा तेस्रो पक्ष अर्थात सो कम्पनीको नेपाल एजेन्टलाई नै प्रवेश गराउन खोजेपछि नेपालले खोप प्राप्त गर्न नसकेको खबर हालै बाहिरिएको छ।

तर, खोप खरिद प्रकृयामा चलखेल आरोप खेपेका वैद्यले भने भारतमा पछिल्लो समय कोरोना निकै फैलिएको र सिरम इन्स्टिच्युटमा आगो लागेकाले उत्पादनमा प्राविधिक समस्या भएकाले नेपालमा खोप आउन नसकेको तर्क गरेका छन्‌।

उनले लेखेका छन्‌, २० लाख डोज भ्याक्सिन आयातको सहमति नेपाल र भारतका दुई सरकार बीचको सिधा संवादबाट भएको हो, आधिकारिक बिक्रेता हुनुको नाताले भ्याक्सिन ल्याउन समन्वय गर्ने बाहेक हाम्रो त्यसमा कुनै आधिकारिक सहभागिता छैन।

बरू यसमा बुझ्नुपर्ने कुरा के छ भनेः यस खरिदमा सरकारी वार्ता टोली र हाम्रा बिच भएको वार्ताबाट हामीले नियमसम्मत रूपमा पाउनुपर्ने सेवा शुल्क समेत महामारीका बेला नागरिकप्रतिको समाजिक उत्तरदायित्व महसुस गर्दै नलिने निर्णय गरेको र त्यसबापत स्वास्थ्य मन्त्रालयले पत्रै लेखेर धन्यवाद ज्ञापन समेत गरेको सबैलाई विनम्र आग्रह गरिन्छ।

सरकारले नै आफूहरूले लिएको अग्रसरता बमोजिम काम नगर्दा खोप नआएको पनि वैद्यको दाबी छ। खोप ल्याउन सरकारका आधिकारिक निकायसमक्ष सबै प्रस्तावहरू पेश गरेकोबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अवगत रहेको समेत उनले जिकिर गरेका छन्‌।

रोकिएको खोप ल्याउन आफूहरू तत्पर रहेको र सोही बमोजिम सरकारी संयन्त्रहरूलाई हात पनि अघि बढाउन पनि उनले आग्रह गरेका छन्‌।

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व–अध्यक्ष पनि हुन्‌। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष–२०२० को राष्ट्रिय कार्यक्रम संयोजक समेत बनाएका थिए।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top