डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुख चढ्ने गाडी एम्बुलेन्स बनाइने

२३ वैशाख, डोटी । डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय भएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको बेलामा बिरामीहरुलाई ओसार पसार गर्न सहज होस् भन्ने उद्देश्यले उक्त निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साँउदले बताए ।

नगरपालिकाको टिप्परलाई शव वाहन बनाउने निर्णय समेत भएको सूचना अधिकारी साँउदले बताए ।

जनप्रतिनिधि जनताप्रति उत्तरदायी नभएको आरोप लागिरहेकै बेला अमरगढी नगरपालिकाको यो निर्णय आएको छ ।

जनप्रतिनिधि चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गर्ने अमरगढी नगरपालिका सम्भवतः पहिलो नगरपालिका हो ।

कोरोना नियन्त्रणका लागि नगरपालिकाले नगरभित्रका ११ स्वास्थ्य संस्थामा रहेका ४३ जना र विद्यालय नर्सिङ कार्यक्रममा अन्तर्गतका १० जना स्टाफ नर्स परिचालन गरेको छ ।

टोल टोलमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरेको समेत नगरपालिकाले जनाएको छ ।

बुधबारसम्मको तथ्याङ्क अनुसार डडेल्धुरा जिल्लामा एक सय ९१ सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणकै कारण जिल्लाका पाँच जनाले ज्यान गुमाएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top