संक्रमितलाई सहयोग गर्न कांग्रेस सांसदहरू छलफलमा जुटे

Share this
765shares

२३ वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र पनि कोरोना संक्रमित दिनप्रतिदिन वृद्धि भइरहेका बेला संक्रमित हुनेहरूलाई सहयोग गर्न नेपाली कांग्रेसका सांसदहरू छलफलमा जुटेका छन् ।

Advertisement

पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका सांसद गगन थापालगायत ५ सांसदले बिहीबार चाक्सीवारीस्थित प्रकाशमान सिंहको घरमा छलफल गरेका हुन् ।

कोरोनाको उच्च जोखिमका बेला आवश्यक सेवा के कसरी जनतामाझ पु¥याउन सकिन्छ भनेर आफूहरूले छलफल गरेको नेता सिंहले जानकारी दिए।

Advertisement

अर्का सांसद भीमसेनदास प्रधानले कोरोना रोकथाम तथा नियन्त्रण गर्न र समस्यामा परेका जनतालाई सहयोग गर्नेबारे जनप्रतिनिधिहरू छलफलमा जुटेको बताए।

छलफलमा आज सिंह, प्रधान, थापा, दिव्यराज भण्डारी, राधेश्याम अधिकारी उपस्थित थिए।

Advertisement

आफूहरूसँग स्रोत साधन नभए पनि सबैको सहयोग लिएर कोरोना संक्रमितलाई सहयोग गर्न लागेको उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top