खरिपाटी तालिम केन्द्रमा आइसोलेशन सेन्टर बनाउन विद्युत् प्राधिकरणको प्रस्ताव

२३ बैशाख ७८, बिहीबार
Share this
735shares

२३ बैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको खरिपाटीमा रहेको तालिम केन्द्रमा कोभिड–१९ बाट सङ्क्रमितहरूको उपचारका लागि आइसोलेशन सेन्टर (केन्द्र) निर्माणका लागि सरकारसमक्ष प्रस्ताव गरेको छ ।

Advertisement

सरकारले गएको वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएको चीनको हुबेई प्रान्तबाट नेपालीहरूलाई स्वदेश फर्काएर प्राधिकरणको खरिपाटीमा रहेको तालिम केन्द्रलाई क्वरेण्टीन बनाएर १४ दिनसम्म त्यहाँ राखेको थियो ।

तालिम केन्द्रको पूर्वाधार देशलाई आवश्यक परेको बेला प्रयोग गर्ने सकिने भएकाले आइसोलेशन सेन्टर निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए ।

Advertisement

शाक्यका अनुसार प्राधिकरणका कर्मचारी सङ्क्रमित भएमा उनीहरूलाई राख्नका लागि प्राथमिकता दिँदै कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले तोकेको निकायलाई तालिम केन्द्रको पूर्वाधार आइसोलेशनको रूपमा प्रयोग गर्न प्रस्ताव गरिएको हो ।

‘तालिम केन्द्र परिसरभित्रका भवनमा रहेका ६६ वटा कोठामा एक सय ३३ वटा बेड राख्न सकिन्छ, गएको वर्ष राखिएका बेड पनि त्यहाँ छन्, त्यसमा थप ५० बेड राखी आवश्यक डस्ना, तन्नाजस्ता सामग्रीको जोहो गरे पुग्छ’, कार्यकारी निर्देश शाक्यले भने ‘तालिम केन्द्रमा सीसीटीभी पनि जडान गरिएको छ, बिरामीलाई अक्सिजन आवश्यक परेमा कोठाहरूमा सिलिण्डरसमेत राख्न सकिन्छ, आपत्कालीन विद्युत् आपूर्तिका लागि जेनेरेटर तयारी अवस्था छ ।’

Advertisement

तालिम केन्द्रमा रहेको भवन नं १ मा २६ कोठा छन्, त्यहाँ २४ वटा बेड राख्न सकिन्छ । भवन नं २ मा २६ कोठा छन्, त्यहाँ ७८ वटा बेड राख्न सकिन्छ । स्टाफ क्वाटर भवनमा ११ कोठा छन्, त्यहाँ २८ वटा बेड राख्न सकिन्छ । यसैगरी क्वाटर भवनका तीन कोठामा तीन वटा बेड राख्न सकिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top