विराटनगर,असार ८
भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा प्रहरीले गाँजा फडानी गरेका छन्।
अस्थायी प्रहरी चौकी सुन्तलेका प्रहरीले षडानन्द नगरपालिका–५सुन्तलेमा रहेको लागुपदार्थ गाँजाका करिब पाँच सय बोट बिहिबार उखेलेर नष्ट गरेका हुन्।
उक्त स्थानमा करिब आधा रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोटहरु थिए।