सहज रुपमा अक्सिजन उपलब्ध गराई दिन अल्का अस्पतालको आग्रह

२४ बैशाख ७८, शुक्रबार

२४ बैशाख, ललितपुर । ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजन उपलब्ध गराउन आग्रह गरेको छ ।

Advertisement

अल्का अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारका लागि सहज रुपमा अक्सिजन उपलब्ध गराउने वातावरण बनाईदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासनलगायतलाई आग्रह गरेको छ ।

अस्पतालमा संक्रमितहरुको उपचारमा समस्या देखिन सुरु भएको अस्पतालले विज्ञप्तीमा उल्लेख गरेको छ । अस्पतालमा बिरामीहरुको चाप बढ्दै गई रहेको र अक्सिजन आपूर्तिमा समस्या थपिएको अस्पतालले बताएको छ ।

Advertisement

हाल अस्पताललाई दैनिक एक सय ५० वटा सिलिण्डर आवश्यक पर्नेमा ४६ वटा भने अस्पताल आफैले आन्तरिक रुपबाट व्यवस्था गर्दै आएको विज्ञप्तीमा उल्लेख छ । बिरामीको उपचारका लागि आवश्यक अपर्याप्त अक्सिजन उपलब्ध गराई दिन अस्पतालले आग्रह गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top