होम आइसोलेसनमा रहेकालाई औषधि र सिलिन्डर पुर्याउँदै मेचीनगर

२५ बैशाख ७८, शनिबार
Share this
734shares

२५ वैशाख, झापा ।
मेचीनगर नगरपालिकाले होम आइसोलेसन रहेका कोरोना संक्रमितलाई औषधि र आवश्यकताअनुसार अक्सिजन सिलिन्डर पुर्‍याउने व्यवस्था मिलाएको छ।

Advertisement

वडा नम्बर ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ। त्यहाँ नबसी होम आइसोलेसनमा रहेका संक्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए।

‘होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन,’ ओझाले भने, ‘जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौं।’

Advertisement

नगरपालिकाले १०० वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ।

नगरभित्रका एम्बुलेन्सका चालकहरुलाई पिपिई, ग्लोब स्यानिटाइजर र मास्क उपलब्ध गराएर कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको उनले बताए।(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top