अनियन्त्रित चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खस्यो

२६ वैशाख, एजेन्सी । अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खसेको छ ।

२१ टन क्षमताको लङ मार्च ५ बी रकेटको भग्नावशेषको मुख्य भाग माल्दिभ्सको पश्चिमतर्फ हिन्द महासागरमा खसेको बीबीसीले जनाएको छ ।

यस अघि रकेटको भग्नावशेष भूमध्यसागर वा साउथ प्यासिफिकमा खस्ने अनुमान् गरिएको भए पनि हिन्द महासागरमा खसेको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । घटनामा मानवीय क्षति भएको जानकारी प्राप्त नभएको खबरमा उल्लेख छ ।

भग्नावशेषको धेरैजसो भाग भने पृथ्वीको वायुमण्डलमा प्रवेश गरे लगत्तै नष्ट भएको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

सन् १९९० यता १० टनभन्दा बढी तौल भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खसेको यो पहिलो पटक हो । यो रकेटलाई चीनले अन्तरिक्षमा नयाँ स्टेशन बनाउन प्रक्षेपण गरेको थियो ।

अप्रिल २९ तारिखदेखि रकेटको इन्धन सकिएको र अन्य प्राविधिक समस्याका कारण नियन्त्रण बाहिर गएको समाचारमा उल्लेख छ । सन् २०२० को मे महिनामा यस्तै रकेट प्रक्षेपण गर्दा पनि त्यसका टुक्राटाक्री पश्चिम अफ्रिकाका गाउँहरूमा खसेका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top