×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘आउनुस्, केही समस्या भए सँगै बसेर छलफल गरौं’, प्रधानमन्त्री

२७ बैशाख २०७८

२७ वैशाख, काठमाडौं । आफ्नै पार्टीका सांसदहरुको समेत साथ नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सँगै बसेर छलफलमा गर्न र समस्या समाधान गर्न आह्वान गरेका छन् ।

आन्तरिक मतभेद वा असन्तुष्टिलाई आपसी छलफलबाट समाधान गर्न सकिने ओलीको भनाइ छ । उनले हतारोमा कुनै पनि अनुचित निर्णय नगर्न पनि भनेका छन् ।

Advertisement
Advertisement

सोमबार बिहान ट्वीट गर्दै ओलीले भनेका छन्, ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’

संसदमा विश्वासको मत लिने प्रक्रिया सुरु हुनुभन्दा केही घण्टा अगाडि प्रधानमन्त्री ओलीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

सोही समयमा बसेको माधव नेपाल पक्षका सांसदहरुको बैठकले भने प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।

Advertisement

संसद बैठक सोमबार दिउँसो एक बजे बोलाइएको छ । सो बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top