विराटनगर,असार ९
एसईई परीक्षाको नतिजा आज शनिबार आउने भएको छ । एसईईको नतिजा एसएसमएस, अइभीआर तथा वेबसाइटबाट हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले आज तीन बजे बैठक बसी चार बजेसम्म नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ ।
विभिन्न वेबसाइटबाट पनि एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । शिक्षा मन्त्रालयको वेबसाइट, शिक्षा विभाग सानोठिमी भक्तपुर, परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुर मा हेर्न सकिन्छ ।
नेपाल टेलिकमको वेबसाइट र एनसेलको वेबसाइट मा पनि नतिजा हेर्न सकिन्छ । edusanjal.com र edukhabar.com मा पनि नतिजा हेर्न सकिन्छ । एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।
त्यसका लागि तलको सुचना हेर्नुहोला ।
एसईई परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका थिए। एसईई परीक्षाा गत चैत आठ गतेदेखि सञ्चालन भएको थियो ।